गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको छानबिन गर्न समिति गठन

170 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा भएको चारजनाको हत्याबारे अनुसन्धान गर्न प्रहरीले वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको हो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी नायव उपरीक्षक हरि खतिवडा, प्रहरी नायव उपरीक्षक सुवास खड्का, प्रहरी नायव उपरीक्षक सुरक्षा के.सी. र प्रहरी निरीक्षक वीरेन्द्र के.सी. सदस्य रहेको समिति गठन गरिएको हो ।

उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधिलगायत अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी तत्काल प्रतिवेदन पेस गर्न भनिएको छ ।

तीनकुनेस्थित गैह्रीगाउँमा दिव्या सःमिल भित्र गएराति चारजना मृत फेला परेका थिए । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनीहरू मृत फेला परेका थिए ।