बीपीको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय: गगन थापा

164 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले बीपी कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय भएको बताउनुभएको छ ।

आज शनिवार बीपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बीपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताउनु भयो । उहाँले महामानव भनेर बीपीको विचारमा छलफल नै गर्नु नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बीपीमाथिको ठूलो अन्याय हुने उल्लेख गर्नुभयो ।

उहाँले बीपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बीपी माथिको अन्याय भएको बताउनु भयो । उहाँले यसको प्रायश्चितमा कांग्रेसले यस पटक केन्द्रीय कार्यालयमा बीपी महोत्सव आयोजना गरेर बुझाएको बताउनु भयो ।