सन्दीप लामिछाने बिरुद्धको मुद्दाको आज हुने भनिएको सुनुवाइ स्थगित
156 पटक पढिएको
![](https://dhadingnews.com/wp-content/uploads/2023/09/Sandeep_Lamichhane_in_2018.png)
काठमाडौं । क्रिकेटर सन्दीप बिरुद्धको जबरजस्ती करणीको मुद्दाको आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशहरु तीज पर्वका कारण बिदामा बसेका,कसैको बढुवा भएर अन्तै जान लागेका र कसैको सरुवा भएकाले सुनुवाइ स्थगित भएको हो ।
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसीमा चढिसकेको छ । आज सोमबारको सुनुवाई स्थगित हुँदा अर्को सुनुवाईको मिति तोकिएको छैन ।