नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा धादिङबाट ८७ जना प्रतिनिधि

163 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेकपा एमाले बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडौँमा हुंदैछ । सो अधिबेशनका लागि धादिङ जिल्लाबाट ८७ जना प्रतिनिधि सहभागी हुंदैछन ।

जिल्लाको सवै स्थानीय तहबाट पार्टीको विधान र निर्वाचन कार्यविधि वमोजिम प्रतिनिधि छनौट गरिएको नेकपा एमाले धादिङले जनाएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत धुनिबेसीबाट ७ जना, थांक्रेबाट १४ जना, गल्छीबाट ९ जना, गजुरीबाट ६ जना, वेनिघाटरोराङबाट ४ जना र सिद्धलेकबाट ७ जना प्रतिनिधि अधिबेशनमा सहभागी हुनेछन । यसै गरी निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत नीलकण्ठबाट ६ जना, ज्वालामुखीबाट ४ जना, नेत्रावतीबाट ३ जना,त्रिपुरासुन्दरीबाट ७ जना,गंगाजमुनाबाट ७ जना,खनीयावास र रुवीभ्यालीबाट १/ १ जना गरी ७६ जना र उत्पिडित समुदायबाट क्षेत्र नम्बर १ मा ७ र क्षेत्र नम्बर २ मा ४ जना गरी ११ जना प्रतिनिधि अधिबेशनमा सहभागी हुंदैछन ।

प्रदेश कमिटीको पदाधिकारीमा धादिङ जिल्लाबाट उम्मेदवारी पर्ने बिषयमा अहिले सम्म कसैले केही बोलेका छैनन् ।

असोज ८ मा उद्घाटन हुने यो अधिवेशनलाई एमालेले राष्ट्रिय महाधिवेशनको झल्को दिनेगरी तयारी गरिरहेको छ । राजधानी सहरसमेत जोडिएको यस प्रदेशमा उद्घाटनका बेला मानवसागर उतार्ने तयारी भइरहेको बताईएको छ ।