एसिड प्रहार गरेको आरोपमा मलेखुका प्रविण विक पक्राउ

1421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२ असोज , धादिङ । धादिङको गजुरी गाउँपालिकामा पर्ने मलेखुमा सुन चाँदी पसल सञ्चालन गर्दै आईरहेको प्रविण विक एसिड प्रहार गरेर दुई जनालाई घाईते वनाएको आरोपमा पक्राउ परेका छन ।

गजुरी गाउँपालिकाको मलेखुमा भद्रकाली सुन चाँदी पसल सञ्चालन गर्दै आएका विकले एसिड प्रहार गरी दुई जनालाई घाइते वनाएको प्रहरीले जनाएको छ ।

मंगलबार सांझ भएको सो घटनाबाट बेनिघाट रोराङ गाउँपालिका ३ रातमाटा बस्ने बर्ष १८ को दिपेश क्षेत्री र सोही वडाको कात्राक बस्ने बर्ष ६३ को डम्बर बहादुर पुलामी घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

पसलमा सामान्य विवाद हुंदा बिकले आफ्नै सुनचाँदि पसलमा रहेको एसिड निकालेर प्रहार गर्दा क्षेत्रीको शरिरको विभिन्न भागमा र पुलामीको अनुहार र शरिरमा एसिड लागेर घाउ भएको छ । घाईते दुबै जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भैरहेको र उनिहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । एसिड प्रहार गर्ने विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।