सर्वोच्चको आदेश नमानेर जिल्ला अदालतले दश वर्षका लागि थुनामा पठाएपछि

330 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, असोज ४ गते ।
सवोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा सोही मुद्दामा उच्च अदालतको आदेश भन्दै जर्वजस्ती पक्राउ गरी १० वर्षका लागि थुनामा पठाएका धादिङ नीलकण्ठ ९ का हरिशरण नेपाल ३ दिनमै जेल मुक्त भएका छन । जेल बाट रिहा भएपछि नेपालले आफ्नो मानवअधिकारको हनन हुनुका साथै चरित्र हत्या गरी वदनाम गराईएको भन्दै क्षतिपूर्तिका लागि कानूनी उपचारको खोजी गर्ने बताएका छन् ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय नेपाललाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ०८० असोज १ गते घर नजिकैबाट पक्राउ गरि जिल्ला अदालत पेश गरेको थियो । जिल्ला अदालतले उच्च अदालत ललितपुरको आदेश अनुसार भन्दै चलानी नम्बर ०८०–४६–०००००१ मा पत्रलेखेर नेपाललाई बैंकिङ कसुर मुद्दामा ०९० असोज ७ गतेसम्म कारागारमा नियमानुसार सिदा दिएर थुनामा राख्न जिल्ला कारागारलाई लाई पत्र लेखेर थुनामा पठाएको थियो ।

प्रहरीले पक्राउ गर्दा सर्वोच्च अदालतको तारेख पुर्जी सहित जिल्ला अदालतमा पेश गरेका नेपालले आफूले दिएको तारेख पूर्जी समेत नहेरी मुद्दाबारे बेवास्ता गरि कारागार पठाएर सर्वोच्च अदालतको उत्प्रेषण आदेशको अवज्ञा गर्दै प्रतिशोधपूर्ण ढंगबाट जेल चलान गराएको भन्दै सो बिषयमा आपत्ती जनाउँदै मानवअधिकार र न्यायका लागि मानहानी र क्षतिपूर्ति खोज्दै अदालत जाने वताएका छन् ।

सर्वोच्च अदालतले नेपाललाई उच्च अदालतको आदेश अनुसारको बैंकिंङ कसुर मुद्दामा ठहरेको कैद जरिवाना बापत नेपालले सार्वेच्च अदालतमा जेथा जमानत राखी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमोजिमको सुबिधा प्राप्त गरि रिट निवेदन दर्ता गरेको भन्ने सवोच्च अदालतको आदेशको पत्र बमोजिम नेपाललाई असोज ४ गते कारागारबाट रिहा गरिएको हो ।

पीडित नेपालले आफूले सवोच्च अदालतको मुद्दा नम्बर समेत उल्लेख गरिएको तारेख पर्चा देखाउँदा  जिल्ला अदालतले कुनै सुनुवाई नगरी  जेल चलान गरेको र जेल पठाउनु अघि तस्बिर खिचेर प्रहरीले सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गरी चरित्र हत्या गर्ने काम गरेको र संचारमाध्यमले प्रहरीको फेसबुक स्टाटसलाई आधिकारिक सूचना मानेर झुठो समाचार प्रकाशन , प्रशारण गरेको भन्दै सो बिषयमा नेपालले आपत्ति जनाएका छन । सर्वोच्च अदालतबाट जारी भएको तारेख पूजी समेत नहेरी आफूमाथी घोर अन्याय गरेकोले त्यस्ता गलत कार्यको विरोध गर्दै नेपालले असोज ४ गते प्रेस विज्ञप्तीमा जारी गरेका छन ।

अदालतले कारागारलाई पत्र लेखेर जिल्ला प्रहरी कार्यालय अगाडी पुर्याएपछि सादा पोशाकका प्रहरीले पैसाको वागर्नेनिङ गरेको समेत नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।