विद्यालय शिक्षा विधेयकप्रति गगन थापाको असन्तुष्टि

115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताउनुभएको हो ।

उहाँले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै सच्याएर मात्रै संसदबाट पारित हुने दाबी गर्नुभयो । उहाँले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभई कम्तीमा २० वर्षसम्म हेर्नसक्ने खालको हुनुपर्ने उल्लेख गर्नुभयो ।