प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट चीन जाँदै

109 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज न्युयोर्कबाट चीन जाँदै हुनुहुन्छ ।

चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणमा जान लाग्नुभएको हो ।

न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली ह्याङचाउ प्रस्थान गर्ने उहाँको सचिवालयले जनाएको छ ।

त्यहाँ भईरहेको १९ औं एसियाली खेलकुदको भोलि हुने उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल सहभागि हुनुहुनेछ । भ्रमणकोक्रममा प्रधानमन्त्री दाहालले चिनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नुहुनेछ ।

सो अवसरमा केही महत्वपूर्ण सम्झौता हनुसक्ने बताईएपनि के कस्ता सम्झौताको तयारी गरिएको छ भन्ने खुलाईएको छैन ।