प्रधानमन्त्री चीन पुगे, आजै राष्ट्रपति सीसँग भेटवार्ता गर्ने

86 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार चीन पुग्नु भएको छ।

प्रधानमन्त्री दाहालले आजै चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री दाहाल शुक्रबार न्युयोर्कबाट चीन जानुभएको हो । हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री दाहालले राष्ट्रपति चिनफिङसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

आइतबार चीनको राजधानी बेइजिङ जाने प्रधानमन्त्री दाहालले आगामी सोमबार चिनियाँ प्रधानमन्त्री लि छियाङ्सँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सको अवलोकन पनि गर्नुहुनेछ ।

बेइजिङबाट छेन्तु हुदै प्रधानमन्त्री दाहाल आगामी शनिबार मात्रै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।