सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील भएन: योगेश भट्टराई
145 पटक पढिएको
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताउनुभएको छ ।
मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भएपनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उहाँको भनाई थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
उहाँले शिक्षामा लगानी गर्ने कुरा बार्षिक रुपमा घट्दै जानु बिडम्वनाको विषयमा भएको समेत स्पष्ट पार्नुभयो ।सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको सुभारम्भ गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
सचिव भट्टराईले लगानीको कमी भएकाले शिक्षामा सोचे अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि सरकारले अभिभावकहरुको संलग्नतामा पनि जोड दिनुपर्ने बताउनुभयो ।