नेपाल क्रिकेट संघ क्यानको सचिवमा पारस खड्का निर्वाचित
256 पटक पढिएको

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का निर्वाचित भएका छन् । आज शनिबार भएको क्यानको चुनावमा पारस विजयी भएका हुन्।
उनले ४८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाए । पारस राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन् ।
क्यानको शनिबार सम्पन्न निर्वाचनले अध्यक्षमा चतुरबहादुर चन्द लगायत अधिकांश पदमा सर्वसम्मत निर्वाचित गरेको थियो ।