सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज हुने भनिएको सुनुवाई स्थगित

162 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज हुने भनिएको सुनुवाई स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा यही असोज १ गते पनि मुद्दाको सुनुवाई स्थगित गरी आइतबारका लागि पेशी तोकिएको थियो । तर, यही बीचमा न्याय परिषदले न्यायाधीशहरुको बढुवा तथा सरुवा गरेकाले सुनुवाई प्रभावित भएको हो ।

यसअघि पनि उक्त मुद्दामा बारम्बार पेशी तोकिने र सुनुवाई नहुने क्रम चल्दै आएको थियो ।

आइतबारका लागि मुद्दाको पेशी तोकिएका कारण चीनको ह्याङचउमा भईरहेको एशियाली खेलकूदमा सहभागी हुन जाने टोलीको विदाई कार्यक्रममा सन्दीप गएका थिएनन् ।