सल्यानमा जीप दुर्घटना २ जनाको मृत्यु, एक जना घाईते

139 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

८ असोज २०८०।  तरकारी बोकेको जीप दुर्घटना हुँदा सल्यानमा दुइ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । यो समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन ।

अर्का घाइते एक जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ । दुर्घटनामा परी घाइते हुनेमा दाङ तुल्सिपुर उपमहानगरपालिका-२ बस्ने वर्ष ३५ का नारायण योगीको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जानकारी दिएको छ । जीप अनियन्त्रित भइ सडकबाट साढे तीन सय मिटर तल खसेको थियो ।