उच्च पदस्थ व्यक्ति अनावश्यक ठाउँमा भ्रमणमा जानाले साधारण खर्च बढ्यो: योगेश भट्टराई

151 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरू अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जानाले साधारण खर्च बढिरहेको बताउनुभएको छ ।

आज बुधवार सार्वजनिक लेखा समितिको बैठकमा सांसद भट्टराईले पछिल्लो छ महिनामा हरेक दिन कोही न कोही सरकारका मन्त्रीहरू विदेश भ्रमणमा गइरहेका बताउनुभयो । कोभिड–१९ अगाडिको समयमा भन्दा बढी अहिले सरकारका प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीहरूको भ्रमण भइरहेको उहाँको भनाइ छ ।

शाखा अधिकृत जाँदा पनि हुने कार्यक्रममा समेत मन्त्री विदेश जाने भन्दै सांसद भट्टराईले यसले साधारण खर्च बढिरहेको बताउनुभयो । उहाँले पछिल्लो छ महिना, वर्ष दिनमा भ्रमण गएकाहरूको विवरण र औचित्यको सम्बन्धमा समितिमा छलफल गर्नुपर्ने माग गर्नुभयो ।