पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको संस्कृतिमन्त्री किराँतीको टिप्पणी

142 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गर्नुभएको छ ।

आज बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताउनुभएको हो ।

मन्त्री किराँतीले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कालोसूचिलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोशिस भइरहेको बताउनुभयो ।

उहाँले निगमद्वारा जहाज खरिद गर्ने अन्तिम चरणतिर रहेको पनि बताउनुभयो । उहाँले धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै जहाज खरिदको विषयमा नकारात्मक ढंगले टिप्पणी गर्नेहरु देशभक्त हुन नसक्ने बताउनुभयो ।

पर्यटन ऐन नहुँदा पर्यटन क्षेत्रमा समस्या थपिएको मन्त्री किराँतीले बताउनुभयो ।