एमाले कर्णाली प्रदेश अधिवेशन: आज बन्दसत्र

132 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नु भएको अधिवेशनको बन्दसत्र बिहीबार हुन लागेको हो । बन्दसत्रमा राजनीतिक सांगठनिक, लेखाप्रतिवेदनमाथि छलफल हुनेछ ।

कर्णाली प्रदेशकालागि अध्यक्षको उम्मेदवारमा गुलाबजंग शाह, लालबहादुर महतारा, मीनबहादुर शाही र राजबहादुर शाहीको चर्चा रहेको छ ।

अध्यक्ष ओलीले अधिवेशनमा सर्वसम्मत नभए व्यक्तिगत चुनाव लड्नुपर्ने तर, प्यानल बनाउन नपाइने बताउनुभएको छ ।