एमाले बागमती प्रदेश अधिवेशन: उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित

125 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार दिउँसो साढे २ बजे  उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित भएको छ ।
बुधबार साँझ नै उम्मेदवारी मनोनयन भए पनि बिहीबार दिउँसो बल्ल निर्वाचन कमिटीले २४५ वटा पदमा परेको उम्मेदवारीको प्रारम्भिक विवरण प्रकाशित गरेको हो ।  यो सूचीउपर उजुरी, छानबिन, पुन:प्रकाशन, नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि साँझ ६ बजेबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिनुभयो।
यसअघि अध्यक्षमा उम्मेदवारी दिए पनि केशवराज पाण्डेको उम्मेदवारी दर्ता नभएको जानकारी मैनालीले दिनुभएको थियो ।
तर, निर्वाचन कमिटीले निकालेको प्रारम्भिक सूचीमा ३ नम्बरमा पाण्डे नाम छ । निर्वाचन अधिकृतले उहाँको नाममा हस्ताक्षर गरेर उम्मेदवारी कायम नहुने जनाउनुभएको छ ।