कैलाश पर्वत र मानसरोवर पुगे प्रधानमन्त्री

160 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर पुग्नुभएकाे छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रचण्ड हिजाे बुधवार तिब्बतको ल्हासा जानुभएको थियो । उहाँ ल्हासाकाे गङ्गा विमानस्थलबाट तिब्बत एअरलाइन्समार्फत कैलाश पर्वतको भ्रमणका लागि पुग्नुभएकाे हाे ।

कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उहाँका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि हुनुहुन्छ । आज मानसरोवर ताल र कैलाशको दर्शन गरेर त्यहीँ बस्नुहुनेछ । हिजो ल्हासामा प्रधानमन्त्री प्रचण्ड विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहनुभएको थियो ।

गएको शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहेका उहाँ भोलि ल्हासा फर्कने बेलुका सिचुआन प्रान्तको राजधानी छेन्दु पुग्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड पर्सि शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।