नेकपा एमाले वागमती प्रदेशको नेत्तृत्व चयनका लागि आज मतदान

162 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

असोज १२, २०८०

धादिङ । काठमाण्डौंमा जारी नेकपा एमाले वागमती प्रदेशको प्रथम अधिबेशनमा नेत्तृत्व चयनका लागि आज मतदान हुँदैछ । ललितपुरको च्यासलस्थित एमालेको पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ८ बजेबाट मतदान हुने भएको हो ।

एमाले बागमतीको संशोधित निर्वाचन तालिकाअनुसार आज  बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । (बिहीबार) ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो

सर्वसम्मत बाट अध्यक्ष चयन गर्ने एमालेका नेतृत्वको प्रयास असफल भएको छ । अध्यक्ष पदमा पाँच जना आकांक्षीले उमेदवारी दर्ता गराएकोमा बिहीबार सांझ सम्ममा दुईजनाको उम्मेदवारी कायम रहेको छ । अध्यक्ष पदका लागि कैलाश ढुंगेल र कृष्ण दाहालको प्रतिस्पर्धा हुने भएको छ ।अध्यक्ष पदमा उम्मेदवारी दिएका वर्तमान अध्यक्ष केशवराज पाण्डे, केशर वहादर बुढाथोकी र सानुकुमार श्रेष्ठले बिहिबार उम्मेदवारी फिर्ता लिएका छन् । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ ।