राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पर्साको वीरगञ्जमा सभा गर्ने

95 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आइतबार पर्साको वीरगञ्जमा सभा गर्ने भएको छ । राप्रपा नेपालले घण्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीले जानकारी दिनुभयो ।
पूर्वमन्त्रीसमेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो ।
‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरूमा यसैगरी विरोध प्रदर्शन र सभाहरू गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ,’ उहाँले भन्नुभयो । राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र जनसहभागिता गराउन जनपरिचालन गरिएको छ । सभालाई पार्टी अध्यक्ष कमल थापालगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।