नेकपा एमालेको वागमती प्रदेश कमिटीमा धादिङबाट १९ जना चुनिए धादिङको गजुरी र रुवीभ्यालीबाट प्रदेशमा हुन सकेन प्रतिनिधित्व

157 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ असोज – नेकपा (एमाले) बागमति प्रदेश  कमिटीमा धादिङ जिल्लाका १९ जना निर्वाचित भएका छन् । निर्वाचित भएका १८ जना सदस्यमा र सिद्धलेककी कला तिमल्सिना लेखा आयोगको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन ।

पदाधिकारीमा धादिङ जिल्लाले स्थान नपाएपनि सदस्य पदमा भने निर्वाचित भएका छन् । पदाधिकारीमा डाक्टर रामकुमार अधिकारीले सचिवमा र गंगादेवी श्रेष्ठले उपसचिवमा उम्मेदवारी मनोनयन दर्ता गरेपनि उम्मेदवारी फिर्ता लिएका थिए ।

धादिङबाट प्रदेश कमिटीको सदस्यमा निर्वाचित हुनेहरुमा उमेश कुमार थापा (त्रिपुरासुन्दरी),धन बहादुर घले (गंगाजमुना),शम्भु कुमार थापा (त्रिपुरासुन्दरी),नरेश खतिवडा(गल्छी),ध्रुव विश्वकर्मा(वेनिघाटरोराङ),रमेश आचार्य (थाँक्रे),कृष्ण बहादुर लामा (नेत्रावती डवजोङ),ईश्वरी अधिकारी( नीलकण्ठ),ईमान तामांग ( खनियावास),राधा तिमल्सिना (गल्छी),कमला शर्मा (सिद्धलेक),सान्नानी परियार (ज्वालामुखी),खिल कुमारि पोखरेल( ज्वालामुखी),कृष्ण पन्त ( थांक्रे),अम्बिका रुपाखेती ( थाँक्रे),कल्पना सुवेदी ( थांक्रे),राजु रेग्मी(गल्छी),मन्दिरा श्रेष्ठ ( धुनिबेशी) र कला तिमल्सिना ( सिद्धलेक) लेखा आयोग उपाध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्लाको रुवीभ्याली र गजुरी गाउँपालिकाकाट भने प्रदेश कमिटीमा प्रतिनिधित्व हुन सकेको छैन । थांक्रेबाट ४ जना, गल्छीबाट ३ जना, सिद्धलेक,त्रिपुरासुन्दरी र ज्वालामुखीबाट २÷२ जना, गंगाजमुना, नेत्रावतीडवजोङ, खनियावास, नीलकण्ठ, वेनिघाटरोराङ र धुनिबेशीबाट १/१ जना गरी १९ जना निर्वाचित भएका छन् ।