अमेरिका र चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्किए

117 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज शनिबार स्वदेश फर्किनु भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । उतैबाट असोज ६ गते चीन पुग्नु भएका प्रधानमन्त्री दाहाल शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्किनु भएको हो ।

छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले प्रधानमन्त्री दाहाललाई बिदाइ गरेका थिए ।

प्रधानमन्त्री दाहाललाई त्रिभुवन विमानस्थलमा सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन् ।