एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल निर्वाचित

113 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी हुनु भएको छ ।

शुक्रबार अबेर सम्मपन्न निर्वाचन पछि भएको मत गणनामा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी हुनु भएको हो । ढुङ्गेल ६ सय ९६ मत पाएर विजयी हुँदा दाहालले ४ सय ३९ मत मात्र पाउनु भएको थियो ।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी हुनुभएको हो । यसैगरी सचिवमा नवराज सिलवाल विजयी हुनु भएको छ । खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी हुनु भएको छ ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो ।