अभिनेता अनमोल केसी अस्पताल भर्ना

509 पटक पढिएको

१३ आश्विन २०८०, शनिबार १८:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौं। हिजो पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्। आपराधिक विश्वासघात गरेको कसुरमा हिजो पक्राउ परेका केसिलाई छातीमा समस्या भएपछि बसुन्धरास्थित चिरायु अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

चलचित्र ‘रावायण’मा अभिनय गर्ने भन्दै १० लाख रुपैयाँ लिए पनि अन्तिम समयमा सिनेमामा काम नगर्ने बताएपछि निर्माण पक्षले अनमोलविरुद्ध उजुरी दिएको थियो ।

उजुरीपछी सम्पर्क गरि छलफलमा बोलाउँदा आनाकानी गरेपछी प्रहरीले केसिलाई हिजो (शुक्रबार) साँझ भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो।