पाँच केजी चरेससहित एकीकृत समाजवादीका युवा नेता पक्राउ

506 पटक पढिएको

१४ आश्विन २०८०, आईतवार ०८:१६ सम्पादक: धादिङ न्यूज

धादिङ -पाँच केजी चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१६ कालधाराबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा रहेका छन् । उनीहरूबाट पाँच किलो चरेस, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जानकारी दिएको छ। उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गोविन्द गल्छी गाउँपालिका वडा नम्बर ५ को पूर्व वडा सदस्य समेत हुन । तत्कालिन नेकपा एमालेबाट वडा सदस्य निर्वाचित भएका तामाङ पछि नेकपा एकीकृत समाजवादी तर्फ लागेका थिए । एकीकृत समाजवादीको पालिका स्तरका युवा नेताको छवि बनाएका उनि पक्राउ परेको खबरले धेरै आश्चर्यचकित भएका छन् ।