काठमाडौंको गौशालामा गोली चन्दा एकजना घाइते

149 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। काठमाडौंको गौशालामा गोली चलेको छ । गौशालास्थित शारदा मावि नजिक आज गोली चलाइएको छ। एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार स्कुलनजिक रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले आक्रमण गरेका हुन्। उनी घाइते भएका छन् ।

घटनास्थलमा पेस्तोल समेत फेला परेको छ। उनीमाथि सोही पेस्तोलबाट आक्रमण गरिएको प्रहरीको आशंका छ । घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।