शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी: अर्थमन्त्री

91 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ ।

सोमवार आज ललितपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौतीपूर्ण र जरुरी रहेको बताउनु भयो । उहाँले अहिले शेयर मार्केट तल झर्नुमा अनुगमन र सूक्ष्म व्यस्थापनका केही समस्याहरु रहेको बताउनु भयो ।

उहाँले बिस्तारै शेयर बजार बढ्दै जाने दाबी समेत गर्नुभयो । उहाँले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै उपाय खोज्ने बताउनु भयो । उहाँले साना बचत कर्ताहरुको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।