न्यायपूर्ण समाज निर्माण गर्न जरुरी रहेको प्रदीप ज्ञवालीको भनाइ

151 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्त स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको विरुद्धमा आवाज उठिरहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले समाजमा असहिष्णुता बढ्दै गएको भन्दै सरकारले यसमँ ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले एशियालाई शान्ति क्षेत्रको रुमपा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले शान्तिका पक्षहरुले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले ज्ञवालीले समाजमा असहिष्णुरुपी संस्कृतिको विकास हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।