आफ्नो भ्रमणबारे पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्रीले गराए जानकारी

116 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले अमेरिका र चीन भ्रमणबारे पार्टीको पदाधिकारी बैठकलाई जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी पदाधिकारी बैंठकमा प्रधानमन्त्रीको हैसियतमा भएको अमेरिका र चीन भ्रमणका उपलब्धिबारे बैंठकमा जानकारी गराउनु भएको हो ।

उहाँले अमेरिका र चीन भ्रमण सफल भएको नेताहरुलाई ब्रिफिङ गर्नु भएको थियो । प्रधानमन्त्री दाहाल भदौ अन्तिम साता अमेरिकाको महासभामा भाग लिन न्युर्योक हुँदै चीन भ्रमण गरेर असोज १३ गते स्वदेश फर्कनु भएको थियो । दाहालले दुई देशको भ्रमण र नेपाललाई अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोणबारे नेताहरूलाई जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्रीले आफ्नो दुबै देशको भ्रमण उपलब्धिमुलक भएको र कुटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको धारणा राख्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।