धादिङको मलेखु नजिकै ट्रकले ठक्कर दिंदा दुई बिद्यार्थीको मृत्यु

558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७ असोज । धादिङको मलेखु नजिकै ट्रकले ठक्कर दिंदा दुई बिद्यार्थीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले दिएको जानकारी अनुसार ट्रकको ठक्करबाट ज्यान गुमाउनेहरुमा वागेश्वरी मावि मलेखुमा कक्षा ८ काे कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर  ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन् ।

बुधबार विहान वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटार स्थित वागेश्वरी माविको कक्षा ८ मा अध्ययनरत दुई छात्रलाई काठमाण्डौंबाट नारायणगढ तर्फ जाँदै गरेको प्रदेश ०२–००१ख- ६४१३ नम्बरको  ट्रकले मलेखु र फुर्केखोलाका बिचमा पर्ने पहरे भिरमा सडक किनार भन्दा बाहिरबाट हिड्दै गरेको बेला  ठक्कर दिंदा उनिहरुको ज्यान गएको हो ।


ठक्कर दिने ट्रक र ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।दुर्घटना पछि आक्रोशित स्थानीयबासीले पृथ्वीराजमार्गको मलेखु नजिकै दोषि माथि कारवाहीको माग राख्दै राजमार्ग अबरुद्ध पारेका छन् ।