एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित

124 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित हुनुभएको छ ।

उहाँले ५३१ मत ल्याउादा प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गर्नुभयो ।

निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको साथ थियो । पृथ्वीसुब्बा गुरुङको समूहले अध्यक्षसहित सबै पदमा जित हात पारेर पकड जमाएको छ ।

उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ तथा सचिवमा लमजुङका धनञ्जय दवाडी विजयी हुनुभयो । कुल ९ सय ७ मतदातामध्ये ८ सय ९६ जनाले मतदान गरेको बताईएको छ । निर्वाचनमा ३३ वटा भोटिङ मेसिन प्रयोग भएको थियो । १ सय ६५ पदका लागि भएको निर्वाचनमा २ सय ७७ जनाको उम्मेदवारी परेको थियो । ३१ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।