गल्छीमा पालिका स्तरीय खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने

135 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी-धादिङ। गल्छी गाउँपालिकाले असोज २७ गते पालिका स्तरीय रापिड बुद्धिचाल प्रतियोगिता गल्छी गाउँपालिकाको वडा नं ६ स्थित श्री बागेश्वरी माध्यामिक विद्यालय बैरेनीमा आयोजना गर्ने भएको छ।

गल्छी गाउँपालिकाको आयोजना र जिल्ला बुद्धिचाल संघ धादिङको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पेमा दोर्जे थोकरले बताएका छन्।

विजेताले रु ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ४ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो हुनेले नगद ३ हजार रुपैयाँ चौथो हुनेले २ हजार रुपैयाँ र उत्कृष्ट महिला र उत्कृष्ट विद्यार्थीले रु १/१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय फिडे नियम अनुसार खेलाईने र प्रतियोगितामा सहभागिता जनाउन असोज २५ गतेभित्र दर्ता शुल्क वापत गाउँपालिकाको राजश्व शाखामा प्रति खेलाडी रु १०० तिर्नुपर्ने छ भने विद्यार्थीको हकमा रु ५० मात्र तिर्नुपर्ने छ।