कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

88 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिनुहुँदैछ ।

जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले भदौ २२ गते मुख्यमन्त्री नियुक्ति हुनुभएको थियो । मुख्यमन्त्री भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ । तर, कार्कीले विश्वासको मत पाउने अवस्था अहिलेसम्म देखिएको छैन ।

कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको आवाश्यक पर्दछ तर, एमालेसँग जम्मा ४० मत मात्रै रहेको छ, थप मत अन्य दलवाट प्राप्त गर्नु पर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहनुभएको छ ।

यसअघि पनि मुख्यमन्त्री बन्नु भएका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उहाँले विश्वासको मत पाउन नसकेका कारण उहाँ बाहिरिनु परेको थियो ।