दाङमा ढोका बन्द गरेको अवस्थामा कोठाभित्र दुइ जना मृत फेला

259 पटक पढिएको

२० आश्विन २०८०, शनिबार १५:५७ सम्पादक: धादिङ न्यूज

काठमाडौं। दाङमा आज एक दम्पती मृत फेला परेका छन्। आज बिहान तुलसीपुरमा सल्यानको त्रिवेणी गाउँपालिका–४ फालाबाङ घर भई हाल तुलसीपुर–९ बेलुवामा बस्दै आएका अन्दाजी २७ वर्षीय सुशील भण्डारी र उनकी अन्दाजी २३ वर्षीया श्रीमती पवित्रा डाँगी कोठाभित्रै मृत फेला परेको हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीले ढोका बन्द गरेको अवस्थामा कोठाभित्रै दुवै जना मृत फेला परेको जानकारी दिनु भयो।

श्रीमान पंखामा झुन्डिएको र श्रीमती खाटमा मृत फेलापरेको प्रहरी निरीक्षक केसीको भनाई छ।बिहान अबेरसम्म पनि नउठेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। पवित्राको शरीरमा चोट देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।