कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

उहाँले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत नगरी राजीनामाको घोषणा गर्नुभएको हो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उहाँले राजीनामा दिनुभएको हो । सर्वोच्च अदालतको परमादेशपछि उहाँ गएको भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

कोशी प्रदेशमा अब संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । कोशीमा यस अघिका सबै विकल्पहरु प्रयोग भइसकेकोले धारा १६८ (५) पनि भने प्रदेश सभा विघटनको बाटोमा जानेछ ।