कानून निर्माणमा आफूहरु प्रतिपक्षको भुमिकामा नरहने ओलीको भनाइ

116 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भुमिकामा नरहने बताउनुभएको छ ।

आज ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानून निर्माण गर्नुपर्ने भएकाले आफूहरु प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने बताउनुभएको हो ।

अध्यक्ष ओलीले विद्युत विधेयक २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भएपनि त्यसलाई राष्ट्रिय हित अनुकुल हुनेगरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भुमिका निर्वाह गर्ने बताउनुभयो ।

ओलीले कानून निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने बताउनुभयो ।