दुर्गा प्रसाईँलाई कालोमोसो

382 पटक पढिएको

२२ आश्विन २०८०, सोमबार १६:२० सम्पादक: धादिङ न्यूज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ। काठमाडौंको कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा प्रसाईमाथि केही युवाले कालो मोसो दलेका हुन्।

दरबार प्रहरीका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ। हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।