इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोक घोषणा परिवारलाई १० लाख राहत दिइने

156 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले भोलि मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।