मछेडीखोलामा स्कारपियो पल्टियो,चालक घाईते

211 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मा पर्ने मछेडीखोलामा स्कारपियो जिप दुर्घटना भएको छ ।

पृथ्वीराजमार्ग हुंदै धादिङको मलेखुतर्फबाट काठमाण्डौं जाँदै गरेको बि ए डि ३५४२ नम्बरको स्कार्पियो जिप बुधवार विहान सडकबाट ३०० मिटरतल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा परि जिपका चालक धादिङको ज्वालामुखी गाउँपालिका चैनपुरका युवराज इटनी  घाईते भएका छन् ।

 इटनीलाई गल्छी स्थित अम्बे भरोसा अस्पतालमा आकस्मिक प्रारम्भिक उपचार गराई थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं पठाईएको गल्छी प्रहरीले जनाएको छ ।