गजुरी क्वालसिङका २२ वर्षीय रवीन्द्र ११ किलो गाँजासहित पक्राउ

88 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा — धादिङ गजुरी गाउँपालिका–३ क्वालसिङका २२ वर्षीय रवीन्द्र थिङ   ११ किलो गाजासहित  परेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौंडा र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको ‘के नाइन’ शाखाबाट कुकुरसहितको टोलीले आइतबार पोखरा–३२ मजुवामा सवारीसाधन जाँच गर्दा थिङको झोलामा १० किलो ८८९ ग्राम गाँजा फेला परेको थियो ।

उनको साथबाट प्रहरीले एक थान मोबाइल र ७ हजार ९० रुपैयाँ पनि बरामद गरेको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट लागुऔषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले बताए ।