इजरायल र हमासबीचको युद्धमा अमेरिकाले इजरायललाई साथ दिने

95 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अमेरिकाले इजरायल र हमासबीचको युद्धमा इजरायलको साथ रहेको उद्घोष गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा एक भावपुर्ण सम्बोधन गर्दै इजरायलको लागि अमेरिका सदैब साथ रहेको बताउनुभएको हो ।

इजरायलमाथि हमासको आक्रमणलाई दुष्टको संज्ञा दिंदा आक्रमणको घोर निन्दा समेत गर्नुभएको छ । सो आक्रमणमा १४ अमेरिकी नागरिक मारिएको स्मरण गर्दै बाइडेनले इजरायलका लागि थप सैन्य सहयोग दिने बाचा समेत गर्नुभएको छ ।

इजरायलका लागि सैन्य सहायता स्वरुप ३ करोड ८० लाख उपलब्ध गराईसकेको छ । कतिपय आलोचकले भने अमेरिकी राष्ट्रपतिको सम्बोधनलाई युद्ध निम्याउने मेलोको रुपमा चित्रण गरेका छन् ।