मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ: रवि लामिछाने

187 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न पाउनुपर्ने बताउनुभएको छ ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने उल्लेख गर्दै भ्रष्टाचार भ्रष्टाचार नै हुने र यसमा कुनै लेप लाग्न नहुने बताउनुभयो । कुनै पनि गलत कुरालाई अख्तियारले हेर्नसक्ने लामिछानेको भनाइ छ ।

यस्तै उहाँले लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रस्ट, ओम्नी, यति लगायतका प्रकरणहरूको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न पनि गर्नुभयो ।