हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी

127 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताउनुभएको छ ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी दिनुभयो ।

मृतक अन्य ५ को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने उहाँले बताउनुभयो ।

हराएका विद्यार्थीका बारेमा इजरायलसँग समन्वय गरेर खोजी भइरहेको उहाँको भनाइ छ । उहाँले सरकारले बेपत्ताको खोजी कार्यलाई तीव्र पारिएको पनि जानकारी दिनुभयो ।