‘गुगूबाई काठियावाडी’ बाट आलिया भट्ट र ‘मिमी’बाट कृति सेनन सर्वोत्कृष्ट अभिनेत्री बने

165 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भारतको ६९ औं राष्ट्रिय फिल्म अवार्डमा ‘रकेट्री- द नम्बी इफेक्ट’ सर्वोत्कृष्ट फिचर फिल्म बनेको छ।

मंगलबार भारतको राष्ट्रपति दौपदी मुर्मुले अवार्ड वितरण गरेकी हुन्। ‘पुष्पा’ बाट अल्लु अर्जुन सर्वाेत्कृष्ट अभिनेता घोषित हुँदा ‘गुगूबाई काठियावाडी’ बाट आलिया भट्ट र ‘मिमी’ बाट कृति सेनन संयुक्त रूपमा सर्वाेत्कृष्ट अभिनेत्री घोषित भएका छन्।

राष्ट्रिय अवार्डबाट पुरस्कृत हुने अल्लु अर्जुन पहिलो तेलुगु अभिनेता हुन्। ‘गोदावरी द होली वाटर’ का निर्देशक निखिल महाजन सर्वोत्कृष्ट निर्देशक भए।

‘सरदार उधम’ सर्वाेत्कृष्ट हिन्दी फिल्म घोषित हुँदा ‘छेल्लो सो’ सर्वाेत्कृष्ट गुजराती फिल्म, ‘एकदा कायझाला’ सर्वाेत्कृष्ट मराठी फिल्म, ‘होम’ सर्वाेत्कृष्ट मलयालम फिल्म, ‘ओपन्ना’ सर्वाेत्कष्ट तेलुगु फिल्म र ‘७७७ चार्ली’ सर्वाेत्कृष्ट कन्नड फिल्म घोषित भएको छ।

यस्तै एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ ले सर्वाेत्कृष्ट संगीत निर्देशक, कोरियोग्राफर, गायक सहित ७ विधामा अवार्ड जितेको छ।

‘गंगूबाई काठियावाडी’ र ‘सरदार उधम’ ले पाँच-पाँच विधामा अवार्ड जितेका छन् भने ‘द कश्मिर फाइल्स’ ले दुई अवार्ड जितेको छ।