राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने पूर्वमन्त्री शर्माको भनाइ

173 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

आज नेकपा माओवादी केन्द्र काठमाडौं महानगर कमिटी वडा नं. १६ ले दशैंको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले पार्टीहरुका बिचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभयो ।

उहाँले सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको बताउनुभयो । दलहरुका बिचमा आपसी गालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

सहमतिको सरकार बनाउन सकेमा मात्रै ठूलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उहाँको भनाई छ ।