हृदयघात भएका गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त

143 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएको छ । मन्त्रिपरिषदको आज बिहान बसेको आकस्मिक बैठकपछि सरकारका प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले बुधवार राती हृदयघात भएपछि मन्त्री श्रेष्ठको हिजो राती नै बेइजिङस्थित अस्पतालमा मुटुको अपरेशन गरिएको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।

यस्तै वैठकले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।