समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्छ: गगन थापा

115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताउनुभएको छ ।

आज नेपाल प्रेस युनियन काठमाण्डौले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताउनुभएको हो ।

उहाँले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताउनु भयो । उहाँले सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने बताउनु भयो ।

उहाँले कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताउनु भयो । महामन्त्री थापाले निर्वाचन पूर्व कांग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी निर्वाचनमा कांग्रेस गठबन्धन गरेर गएमा कांग्रेस पार्टी एक नरहने बताउनु भयो ।