दशैंमा चिनीको अभाव: धादिङदेखि दुई किलो किन्न काठमाडौं आउनुपर्ने बाध्यता

143 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं भित्रिसकेको छ । दशैंमा विशेषगरि खानपानको बढि परम्परा रहेको छ । खानपानमा पनि धेरै माछामासुजन्य र गुलियो चिजहरु प्रयाृगमा आउने गर्छ । तर यतिबेला बजारमा चिनीको अभाव छ ।

काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि काठमाडौं आएका छन् ।

नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङका स्थानीयहरु काठमाडौं उपत्यकाका विभिन्न किरानापसल र खाद्यन्न पसलहरुमा आएका छन् ।

काठमाडौंका सहुलियत पसलमा करिव २ घण्टा धेरै लाइन लागेर उनिहरुले चिनी लगेका छन् । तर आफ्नै ठाउँमा चिनी नपाउँदा काठमाडौंसम्म धाएर लिनुपर्दा धादिङका मानिसहरुले गुनासो भने पोखेका छन् ।