थाक्रे अन्तर वडाकप फुटबल खेल को उपाधीका वडा नं. ६ र ७ विच भिडन्त हुने

425 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रामचन्द्र रुपाखेती
३ कार्तिक, महादेववेशी

असोज २८ गते देखी जारी थाक्रे गाउँपालिकाद्धारा थाक्रे वडा नं. ६ को खेल मैदानमा आयोजना गरिएको ५५ हजार रुपैया पुरस्कार राशिको अन्तर वडाकप फुटबल प्रतियोगितामा थाक्रे वडा नं. ६ र वडा नं. ७ बिच उपाधीकालागि भोली कार्तिक ४ गते भिडन्त हुने भएको छ । गाउँपालिका भित्रका ११ वटा वडा र आयोजक टिम सहित १२ समुह सहभागी प्रतियोगितामा ४ समुहबाट लिगका आधारमा ८ टोलीलेृ क्याटरफाइनलमा स्थान बनाउँदै नकआउटका आधारमा सेमिफाइनल र फाइनल यात्रा तय गरेका हुन । आज शुक्रबार भएको खेलमा सेमिफाइनलमा पुगेको वडा नं. ६ र ८ विचको खेलमा वडा नं. ६ ले सुन्नाको विरुद्ध दुइ गोलले विजयी भएको थियो भने आजै भएकोे वडा नं. ७ र ११ विचको खेलमा वडा नं. ७ ले वडा नं. ११ लाई एक गोल का विरुद्ध दुइ गोलले पराजित गरि फाइनलको यात्रा तय गरेका हुन् । समुह चरणमा वडा नं. १, २, ४ र आयोजक टोली बाहिरिएका थिए भने क्वाटरफाइनलमा वडा नं. ७ ले १० लाई, वडा नं. ८ ले ९ लाई, वडा नं. ६ ले ५ लाई र वडा नं. ११ ले ३ लाई पराजित गरि सेमिफाइनल यात्रा तय गरेका थिए । उपाधि विजेता टोलीले ५५ हजार रुपैया सहित ट्रफि, दोश्रोहुने टोलीले ३० हजार नगद सहित ट्रफि र सेमिफाइनालिष्ट अन्य दुई टोलीले ११ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल खेल भोली ४ गते १ बजेबाट शुरु हुने आयोजक समितिका संयोजक हिरा बहादुर थापाले जानकारी गराउनुभयो ।