हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये चार जानाको शव भोलि नेपाल ल्याइने

179 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव भोलि नेपाल ल्याइने भएको छ ।

तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शव आज दिउँसो १ बजेर २५ मिनेटको फ्लाइ दुबईको उडानबाट नेपाल ल्याउन लागिएको हो । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्मपुग्ने व्यवस्था मिलाइएको छ ।

फ्लाइट डिटेलअनुसार भोलि बिहान काठमाडौं आइपुग्नेछ । ‘अन्य शव पहितानको काम भइरहेको छ’, नेपाली दूताबासले वक्तव्यमार्फत भनेको छ ।

सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ ।